Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

हितोपदेशको पुस्तक 23

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर।
2यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख।
3तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ। भनाइ 8
4धनी बन्‍न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।
5धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ। भनाइ 9
6लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर;
7किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन।
8तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ। भनाइ 10
9मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ। भनाइ 11
10प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच,
11किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ। भनाइ 12
12तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ। भनाइ 13
13बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।
14छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर। भनाइ 14
15हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्‍न हुनेछ,
16तिम्रा ओठले ठिक कुरा बोल्दछ भने, मेरो अन्तस्करण त्यसै समय रमाउनेछ। भनाइ 15
17तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।
18निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। भनाइ 16
19हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।
20धेरै दाखमद्य पिउनेहरू, अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर;
21किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ। भनाइ 17
22तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
23सत्य किन, र त्यसलाई नबेच; बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर।
24धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
25तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, तिमीलाई जन्म दिने आमाले रमाहट गरून्। भनाइ 18
26हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;
27किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो।
28त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे, र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे। भनाइ 19
29कष्‍ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ? को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्?
30तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्; जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्।
31दाखमद्य रातो हुँदा, जब यो कचौरामा हाल्दा फीँज उठ्छ, जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर।
32अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ।
33तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ।
34महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ।
35तिमीले भन्‍नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.