Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

हितोपदेशको पुस्तक 14

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
2याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्।
3मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ।
4जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।
5साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ।
6गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ।
7मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन।
8विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।
9दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।
10प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन।
11दुष्‍टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ।
12कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।
13मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।
14विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ।
15सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ।
16बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।
17झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ।
18रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्।
19खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्।
20गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्।
21आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ।
22के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्।
23सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।
24बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ।
25साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ।
26याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।
27याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।
28ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्‍ट हुन्छ।
29धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।
30शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।
31गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ।
32जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ।
33बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ, र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ।
34धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।
35बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.