Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

यशैयाको भविष्यवाणी 4

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1त्यस दिन सात जना स्त्रीहरूले एक जना मानिसलाई समात्नेछन्, र यसो भन्‍नेछन्, “हामी आफ्नै भोजन खानेछौँ; अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ; तपाईं हाम्रो पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!” याहवेहको हाँगा
2त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ।
3सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्।
4प्रभुले सियोनका स्त्रीहरूको मैला धोइदिनुहुनेछ; उहाँले न्यायको आत्मा र आगोको आत्माले यरूशलेमबाट रगतका दागहरू सफा गरिदिनुहुनेछ।
5त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्‍टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ।
6त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.