Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

होशेको भविष्यवाणी 5

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1“हे पुजारीहरू हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! हे राजकीय घराना हो, ध्यानसित सुन! यो न्याय तिमीहरूको विरुद्धमा छ: तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ, र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ।
2विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्; म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु।
3म एफ्राइमको बारेमा सबै कुरा जान्दछु; इस्राएल मदेखि लुकेको छैनँ। एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्; इस्राएल भ्रष्‍ट भएको छ।
4“तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्‍वरतर्फ फर्कन दिँदैन। तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ; तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्।
5इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ; इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्‍कर खानेछन्; तिनीहरूसँग यहूदाले पनि ठक्‍कर खानेछ।
6जब तिनीहरू याहवेहलाई खोज्न आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्, तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्; उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ।
7तिनीहरू याहवेहप्रति विश्‍वासघाती भएका छन्; तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्। जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्, तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्।
8“गेबामा तुरही फुक, रामामा बिगुल फुक। बेथ-आवेनमा युद्धको ध्वनि उठाओ; हे बेन्यामीन, अगुवाइ गर।
9न्यायको दिनमा एफ्राइमलाई उजाड पारिनेछ। इस्राएलका कुलहरूका बीचमा यी कुराहरू निश्‍चित छन्, म घोषणा गर्दछु।
10यहूदाका अगुवाहरू सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्। म तिनीहरूमाथि वर्षाको बाढीजस्तै मेरो क्रोध खन्याउनेछु।
11एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ; त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ।
12म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु, र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु।
13“जब एफ्राइमले आफ्नो रोग देख्यो र यहूदाले आफ्नो चोट देख्यो, तब एफ्राइम अश्शूरतिर फर्क्यो, र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो। तर त्यसले तँलाई निको पार्न सक्दैन; त्यसले तेरा घाउ निको पार्न सक्दैन।
14किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु। म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु; म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।
15जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्, र तिनीहरूले मेरो अनुहार खोज्दैनन्, तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु; अनि आफ्नो कष्‍टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.