Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

गलातीका मण्डलीलाई पावलको पत्र 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट, गलातियाका मण्डलीहरूलाई:
2म मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्‍ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वर पिताले पठाउनुभएको हो।
3परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
4जसले हाम्रा पिता परमेश्‍वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्‍ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो।
5परमेश्‍वरलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन। अरू कुनै सुसमाचार छँदैछैन
6म तिमीहरूदेखि छक्‍क परेको छु; किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ।
7वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्‍टसँग भन्‍नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्दैछन्।
8तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्!
9हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!
10के म अहिले मानिसहरूको वा परमेश्‍वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरेको भए म ख्रीष्‍टको सेवक हुनेथिइनँ। पावल परमेश्‍वरद्वारा बोलाइएको
11मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूले यो जानेको चाहन्छु, मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन।
12मैले कुनै मानिसबाट पाएको पनि होइन, न त कसैले मलाई सिकाएको नै हो, तर मैले सीधै येशू ख्रीष्‍टको प्रकाशबाट पाएको हुँ।
13किनकि यहूदी धर्ममा छँदा मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले भयानक रूपले परमेश्‍वरको मण्डलीलाई सताएँ, र त्यसलाई नष्‍ट पार्न खोजेँ।
14मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ।
15तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्‍वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो,
16उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,
17न त मभन्दा अगिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ।
18अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें।
19त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ।
20परमेश्‍वरको सामु म तिमीहरूलाई विश्‍वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन।
21त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ।
22ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्।
23उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्‍ट गर्न खोजेको विश्‍वासलाई प्रचार गरिरहेको छ।”
24अनि तिनीहरूले मेरो कारण परमेश्‍वरलाई प्रशंसा गरे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.