Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

प्रस्थानको पुस्तक 39

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तिनीहरूले पवित्रस्थानका सेवाका निम्ति निलो, बैजनी र रातो धागोले बुनेका पोशाकहरू बनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले हारूनका निम्ति पनि पवित्र पोशाकहरू बनाए। एपोद
2तिनीहरूले एपोदचाहिँ सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको बनाए।
3तिनीहरूले सुनलाई पिटेर पातलो पाताबाट स-साना डोरीहरू बनाए; अनि त्यसलाई निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो सुती कपडामा जडे, जुनचाहिँ निपूर्ण कारिगरको हातको काम थियो।
4एपोदका निम्ति तिनीहरूले दुई वटा काँधे-जोर्नीहरू बनाए; अनि त्यसलाई बाँध्नका निम्ति त्यसका छेउमा लगाइदिए।
5याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो।
6तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे।
7याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले ती पत्थरहरू सम्झनाका निम्ति इस्राएलका छोराहरूका एपोदका काँधे-जोर्नीहरूमा लगाए। छाती-पाता
8सिपले निपूर्ण मानिसलेझैँ तिनीहरूले छाती-पाता बनाए। सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाबाट तिनीहरूले त्यो एपोदजस्तै बनाए।
9त्यो वर्गाकार, एक बित्ता लामो र एक बित्ता चौडा, अनि दोबारेर पट्ट्याइएको थियो।
10तब तिनीहरूले त्यसका चार पङ्‌क्तिमा बहुमूल्य पत्थरहरू जडे। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;
11दोस्रो पङ्‌क्तिमा फिरोजा, नीलमणि र हीरा;
12तेस्रो पङ्‌क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;
13अनि चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक थिए। ती सुनको मणिघरहरूमा जडिएका थिए।
14बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम थिए।
15छाती-पाताको निम्ति तिनीहरूले डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए।
16तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए।
17तिनीहरूले बनाएका ती सुनका दुई सिक्रीहरूलाई छाती-पाताको कुनामा भएका मुन्द्राहरूमा लगाए,
18अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए।
19तिनीहरूले सुनका दुई वटा मुन्‍द्रा बनाएर छाती-पाताको अर्को दुई किनारमा एपोदको भित्री भागमा लगाए।
20तब तिनीहरूले सुनका अरू दुई वटा मुन्द्राहरू बनाए, र दुवै काँधे-जोर्नीहरूका मुनि एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि सिउनीनिर लगाए।
21याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले छाती-पाताका मुन्द्राहरूलाई निलो धागोले बाँधे, ताकि त्यो एपोदबाट सर्न नसकोस्। पुजारीका निम्ति अन्य वस्त्रहरू
22तिनीहरूले एपोदको अलखा सबै निलो रङ्गले बुनेको कपडाको बनाए।
23त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्।
24त्यसको तल्‍लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए।
25तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र ती अलखाको फेरोको वरिपरि र दारिमहरूको बीचमा लगाए।
26याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले सेवा गर्दा लगाउनका निम्ति ती सुनका घण्टीहरू अलखाको फेरो र दारिमहरूको वरिपरि लगाए।
27तिनीहरूले हारून र तिनका छोराहरूका निम्ति मसिनो सुती कपडाका लवेदाहरू
28अनि मसिनो सुती कपडाका फेटा, टोपीहरू र सुती कपडाकै भित्री वस्त्रहरू पनि बनाए।
29त्यसै गरी याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले शिल्पकारीले झैँ मसिनो गरी बाटेको सुतीको कपडा, निलो, बैजनी र रातो रङ्गको बुट्टेदार भएको पटुका बनाए।
30तिनीहरूले पाता, अर्थात् निखुर सुनले पवित्र मुकुट बनाए, र छापको खोपझैँ यी कुरा खोपे: याहवेहका निम्ति पवित्र।
31तब याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यस पातालाई निलो डोरीले फेटामा लगाउनलाई बाँधे। मोशाले समागम पालको काम हेरेका
32यसरी भेट हुने पाल, अर्थात् समागम पालको सम्पूर्ण कार्य सकियो। याहवेहले मोशालाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे।
33तब तिनीहरूले मोशाकहाँ समागम पाल ल्याए: पाल र त्यसका सबै सरसामानहरू, त्यसका अङ्कुसेहरू, फल्याकहरू, तेर्सो बारहरू, खाँबाहरू र आधारहरू;
34रातो रङ्गले रङ्गाएका भेडाका छालाहरू र पर्दाहरू ढाक्नका निम्ति सीलका छालाहरू, छेक्ने पर्दा;
35करारको सन्दुक, त्यसका डण्डाहरू र पाप समाधान-स्थान;
36टेबुल र त्यसका सबै सरसामानहरू र उपस्थितिको रोटी;
37निखुर सुनको सामदान, त्यसका दियाहरू, सबै सरसामानहरू अनि प्रकाशको निम्ति जैतुनको तेल;
38सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप र पालको ढोकाको निम्ति पर्दा;
39काँसोका वेदी, त्यसको जाली, डण्डाहरू र सबै सामानहरू; हात धुने बाटा र त्यसका आसन;
40आँगनका पर्दाहरू, त्यसका खाँबाहरू, त्यसका आधारहरू र आँगनको ढोकाको निम्ति पर्दाहरू; आँगनका निम्ति डोरीहरू र किलाहरू; समागम पालको भेट हुने पालको निम्ति सबै सरसामानहरू;
41अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू।
42याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सबै काम गरे।
43मोशाले सबै काम हेरे; अनि ती काम याहवेहले आज्ञा गर्नुभएअनुसार थिए। त्यसकारण मोशाले तिनीहरूलाई आशिष् दिए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.