Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र 13

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1तिमीहरूसित अब यो मेरो तेस्रोपल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्‍टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”
2म तिमीहरूसित दोस्रोपल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्‍याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ।
3ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
4निश्‍चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्‍वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्‍वरको शक्तिमा उहाँसित जिउँछौँ।
5विश्‍वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्‍ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्‍वासको जाँचमा असफल भयौ।
6अनि म विश्‍वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्‍नेछौ।
7अब हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो।
8हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ।
9जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्‍ने हो।
10त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो। अन्तिम अभिवादनहरू
11अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ।
12ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
13यहाँ भएका सबै परमेश्‍वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
14प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.