Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

तिमोथीलाई पावलको पहिलो पत्र 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1हाम्रा उद्धारकर्ता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञाअनुसार ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,
2विश्‍वासमा मेरो साँचो छोरा तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति! व्यवस्थाका झूटा शिक्षकहरूका विरुद्धमा चेतावनी
3म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ।
4तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्‍वासद्वारा हुने परमेश्‍वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ।
5यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्‍वासबाट आउँछ।
6कति जना यी सबैबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्।
7तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्।
8हामी जान्दछौँ, कसैले व्यवस्थालाई ठिकसित प्रयोग गर्छ भने यो असल छ।
9हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्‍लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति,
10अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।
11अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ। पावललाई परमेश्‍वरको अनुग्रह
12म हाम्रा प्रभु ख्रीष्‍ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्‍वासयोग्य ठान्‍नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो।
13यद्यपि विगतमा म ईश्‍वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्‍वासमा गरेको थिएँ।
14ख्रीष्‍ट येशूमा भएका विश्‍वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।
15यो भनाइ विश्‍वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्‍ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ।
16उहाँमाथि विश्‍वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्‍ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।
17अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन। तिमोथीलाई आज्ञा
18हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एकपल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक।
19विश्‍वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्‍वासको जहाज डुबाएका छन्।
20तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्‍वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.