Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

पत्रुसको पहिलो पत्र 1

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट, परमेश्‍वरका चुनिएका, परदेशीहरू, जो पोन्टस, गलातिया, कापाडोकिया, एशिया तथा बिथिनिया प्रदेशहरूमा छरिएर रहेका छन्,
2येशू ख्रीष्‍टको आज्ञापालन र उहाँको रगतको छिट्काउका निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति: अनुग्रह र शान्ति प्रचुर मात्रामा होऊन्! जीवित आशाको निम्ति परमेश्‍वरको स्तुति
3हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्‍टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
4अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;
5जुन पछिल्‍ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्‍वासद्वारा परमेश्‍वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ।
6सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ।
7आगोबाट खारिने, तर नष्‍ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्‍वास मूल्यवान् छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
8यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्‍वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ;
9किनकि तिमीहरूको विश्‍वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।
10तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए।
11तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्माले ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
12उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए। पवित्र होओ
13यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्‍त गर्नेछौ।
14आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्‍ट अभिलाषाअनुरूप नचल;
15तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ।
16किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।”
17किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ;
18किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन,
19तर दाग र खोट नभएको थुमा, ख्रीष्‍टको बहुमूल्य रगतले छुटकारा पाएका छौ।
20उहाँ संसारको सृष्‍टिभन्दा अगि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयमा प्रकट हुनुभयो।
21उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमाथि छ।
22अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।
23किनकि परमेश्‍वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
24पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
25तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.