Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इतिहासको पहिलो पुस्तक 8

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1बेन्यामीनका छोराहरू: पहिलो छोरा बेला; दोस्रो छोरा अश्बेल, तेस्रो अहरह,
2चौथो नोआ र पाँचौँ रफा।
3बेलाका छोराहरू यिनै हुन्: अद्दार, गेरा, अबिहूद,
4अबीशू, नामान, अहोह,
5गेरा, शपूपान र हूराम।
6एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्‍ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:
7एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए।
8सहरेमले आफ्ना पत्नीहरू हूशीम र बारासँग सम्बन्ध-विच्छेद गरिसकेपछि मोआबमा तिनका अरू छोराहरू जन्मेका थिए।
9तिनकी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम,
10यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए।
11तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।
12एल्पालका छोराहरू: एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)।
13अनि बेरियाह र शेमा, अय्यालोनमा बस्‍नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।
14अहियो, शाशक, यरेमोत,
15जबदियाह, अराद, एदेर,
16मिखाएल, यिश्पा र योहा बेरियाहका छोराहरू थिए।
17जबदियाह, मशुल्‍लाम, हिज्की, हेबेर,
18यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।
19याकीम, जिक्री, जब्दी,
20एलीएनै, सिल्‍लतै, एलीएल,
21अदायाह, बरायाह र शिम्रात शिमीका छोराहरू थिए।
22यिश्पान, एबेर, एलीएल,
23अब्दोन, जिक्री, हानान,
24हनन्याह, एलाम, अन्तोतियाह,
25यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।
26शम्शरै, शहर्याह, अतल्याह,
27यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।
28यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।
29गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।
30तिनका जेठा छोरा अब्दोन थिए, अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,
31गदोर, अहियो, जेकेर
32अनि मिक्लोत थिए, जोचाहिँ शिमाहका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूको नजिक बस्थे।
33नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।
34जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।
35मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।
36आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए।
37मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
38आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए: अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
39आसेलका भाइ एशेकका छोराहरू: पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत।
40ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना। यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.