Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ (2024)

इतिहासको पहिलो पुस्तक 4

यो अध्याय नेपालीमा पढ्न उपलब्ध छ। Divine Threads अध्ययन सामग्री पछि थपिनेछ।

1यहूदाका छोराहरू: पेरेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
2शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।
3एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो।
4पनीएल, गदोरका पिता थिए र एजेर हूशाहका पिता थिए। एप्राताका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तानहरू यिनीहरू नै थिए।
5तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए।
6नाराले तिनका निम्ति अहुज्जाम, हेपेर, तेमनी र हाहशतारीलाई जन्माइन्। यिनीहरू नाराका सन्तानहरू थिए।
7हेलाहका छोराहरू: सेरेत, सोहोर, एतनान,
8र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
9याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्‍ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्‍टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्।
10याबेसले इस्राएलका परमेश्‍वरलाई पुकार गरे, “हे प्रभु, तपाईंले मलाई आशिष् दिएर मेरो इलाका बढाइदिनुहोस्! तपाईंको हात ममाथि रहोस्; अनि मलाई हानिबाट बचाउनुहोस्, ताकि म पीडाबाट मुक्त हुन सकूँ।” परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो।
11शूहहका भाइ कलूब मेहीरका पिता थिए। मेहीरचाहिँ एश्तोनका पिता थिए।
12एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।
13कनजका छोराहरू: ओत्निएल र सरायाह। ओत्निएलका छोराहरू: हतात र मनोतै।
14मनोतै ओप्राका पिता थिए। सरायाह, योआबका पिता थिए, योआब गे-हरशीमका पिता थिए। तिनका मानिसहरू सिपालु कारिगरहरू भएका हुनाले तिनलाई बेँसीका कारिगर नाम दिइएको थियो।
15यपून्‍नेको छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम थिए। एलाहका छोरा: कनज।
16यहललेलका छोराहरू: जीप, जीपा, तीरया र असरेल।
17एज्राहका छोराहरू: येतेर, मेरेद, एपेर र यालोन। मेरेदका पत्नीहरूमध्ये एक जनाले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्।
18यीचाहिँ फारोकी छोरी बित्याहका छोराछोरीहरू थिए। तिनै बित्याहलाई मेरेदले विवाह गरेका थिए। तिनकी यहूदा कुलबाटकी पत्नीले गदोरका पिता येरेद, सोकोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन्।
19नहमकी बहिनी होदिय्याहकी पत्नीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्तमोका पिता थिए।
20शिमोनका छोराहरू: अमनोन, रिन्‍नाह, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।
21यहूदाका छोरा, शेलहका छोराहरू: लेकाहका पिता एर, मारेशाका पिता लादाह र बेथ-अश्बेयामा मलमल सुती वस्त्रका काम गर्ने मानिसहरूका वंशहरू,
22योकीम, कोजेबा, योआश र सारापका, मानिसहरू, जसले मोआब र यशूबी लेहेममा शासन गर्थे। (यी विवरणहरू प्राचीन कालदेखिका हुन्।)
23तिनीहरू नतैम र गदेरामा बस्‍ने कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसेर राजाको निम्ति काम गर्थे। शिमियोन
24शिमियोनका सन्तानहरू: नमूएल, यामीन, यारीब, जेरह र शाऊल;
25शाउलका छोरा शल्‍लूम, नाति मिब्साम, र पनाति मिश्मा थिए।
26मिश्माका सन्तानहरू: तिनका छोरा हम्मूएल, हम्मूएलका छोरा जक्‍कूर, जक्‍कूरका छोरा शिमी।
27शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्।
28तिनीहरू बेर्शेबा, मोलादाह, हसर-शूआल,
29बिल्हा, एसेम, तोलाद,
30बतूएल, होर्मा, सिक्लग,
31बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए।
32तिनीहरूका वरिपरिका गाउँहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान गरेर—जम्मा पाँच वटा नगरहरू थिए
33र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। तिनीहरूले वंशावलीको विवरण पनि राखे।
34मशोबाब; यम्‍लेक; अमस्याहका छोरा योशा;
35योएल; योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।
36एल्योएनै; याकोबा; याशोहायाह; असायाह; अदीएल; यसीमीएल; बनायाह;
37अनि शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए।
38माथि उल्‍लेख गरिएका नामका मानिसहरू तिनीहरूका वंशहरूका अगुवाहरू थिए। तिनीहरूका परिवारहरू ज्यादै बढे।
39तिनीहरू आफ्ना बगालका निम्ति खर्क खोज्न बेँसीको पूर्वपट्टि गदोरसम्म गए।
40त्यहाँ तिनीहरूले प्रशस्त घाँस भएको असल खर्क, फराकिलो मैदान, शान्त र सुरक्षित ठाउँ भेट्टाए। तिनीहरूभन्दा पहिल्यै त्यहाँ केही हामवंशीहरू बसेका थिए।
41माथि नाम उल्‍लेख गरिएका यी मानिसहरू यहूदाका राजा हिजकियाहको समयमा आएका थिए। तिनीहरूले हामवंशीहरूलाई तिनीहरू बसेकै ठाउँमा आक्रमण गरे। अनि त्यहाँ भएका मोनीहरूलाई पनि आक्रमण गरेर तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे। आजसम्म त्यहाँ तिनीहरूको नामनिशानै छैन। तब तिनीहरू उनीहरूका ठाउँमा बसोबास गर्न थाले। किनकि त्यहाँ तिनीहरूका बगालको निम्ति खर्क थियो।
42अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे।
43तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
“Biblica” is a trademark registered in the United States Patent and Trademark Office by Biblica, Inc. Used with permission.

Bible text licensed under Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). The original work is freely available at biblica.com and open.bible. Formatting has been adapted into online verse rows for reading; the Scripture wording has not intentionally been changed. Any changes or adaptations to the Bible text are subject to the same license. Divine Threads study material is separately authored.